Logo

ओलीको आक्रोश: देउवा, प्रचण्ड, नेपाल र सापकोटालाई बाँकी राखेनन्



काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका तीन नेता र सभामुखप्रति आक्रोश पोखेका छन् । उनले नेताहरुबारे कडा टिप्पणी गर्दै आक्रोश पोखेका हुन् । कसैलाई ‘लाच पचेको’ भने त कसैलाई ‘बितण्डा’ मच्चाउने भने । कसैलाई ‘जालीफटाहा’ त कसैलाई ‘पिछेलग्गु’ भने ।

मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले देशका तीनजना पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि आक्रोश पोखेका हुन् । तीनैजना नेताहरु ओलीविरोधी गठबन्धन बनाएर सत्ताबाट हटाउन सक्रिय छन् ।

ओलीले सबैभन्दा आक्रोश माधव नेपालप्रति पोखे । उनलाई ‘लाज शरम पचेको मान्छे’ भने । ‘कम्युनिस्ट आन्दोलन सिध्याउने लाज शरम पचेको मान्छे,’ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना काँग्रेसको पछि कुद्ने मान्छे छन् ।’ माधव नेपाललाई पतनको बाटोमा लागेको टिप्पणी गरे ।

प्रचण्डको पछि कुद्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा धाइरहेको टिप्पणी गरे । ‘माधव नेपाल प्रचण्डको पछि कुद्नुहुन्छ,’ ओलीले भने,‘माधव नेपाल शेरबहादुरको घरमा चिनी मागी हाल्न पुग्नुहुन्छ ।’ उनले माधव नेपालमाथि इमान नभएको आरोप लगाए ।

‘माधव नेपाल इमान नभएको अराजक मान्छे हुन्,’ ओलीले आक्रोश पोख्दै भने । एमालेबाट भोट लिएर कार्यकर्तालाई ढाँट्दै हिंडेको आरोप लगाए ।

माधव नेपाल कार्यकर्तालाई ढाँटेर बढेको आरोप लगाए । माधव नेपालमाथि जीवनभर मदन भण्डारीको विरोध गरेको आरोप समेत लगाए । भण्डारीको विचारको विरोध गरेको भन्दै आलोचना गरे ।

ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डपथमा लागेको आरोप लगाए । प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा लागेको टिप्पणी समेत गरे । देउवाले प्रचण्ड र माधवकुमार नेपालसँग गठबन्धन बनाएकोतर्फ संकेत गर्दै जालीफटाहा टिपेर हिडेको टिप्पणी समेत गरे । प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै जालीफटाहा सम्म भने ।

‘देउवामाथि दया लाग्छ,’ ओलीले भने,‘जालीफटाहा टिपेर हिंड्नुभयो । कृतिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो । संसदबाट होइन अन्तबाट हुन खोज्नुभयो । जनतामा जाने बाटोबाट अवरोध गरेर ।’

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जालीफटाहा’ को संज्ञा दिए । प्रचण्डले वितण्डा मच्चाएको र विकास गर्ने कुनै सोच नै नभएको आरोप लगाए । प्रचण्डलाई तानाशाह बन्न खोजेको मान्छे भने ।

‘प्रचण्डले बितण्डा गरेको हो विकास गर्नुछैन,’ ओलीले भने,‘प्रचण्डले तानाशाह चाहियो भनेका थिए ।’ प्रचण्डमाथि कम्युनिस्टका नाममा विकृत, जनविरोधी र देशद्रोही गतिविधिको आरोप लगाए ।

प्रचण्डले माधव नेपालको कानमा पनि चिनी हालिदिएको टिप्पणी गरे । ‘कम्युनिस्टका नाममा विकृत, जनविरोधी, देशद्रोही गतिविधि जबजसँग मेल खाँदैन,’ नेपालले भने ।

ओलीले सभामुख अग्नि सापकोटामाथि पनि आक्रोश पोखे । सापकोटालाई प्रचण्डको कार्यकर्ता भने । ‘संसदले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको बकवासी कामको लागि हो प्रचण्डका कार्यकर्ता सभामुख हुनेवित्तिकै कानुन भन्दा माथि हुने ?’ ओलीले प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot