Logo

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, १५ असार । असार ६ गतेदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाको नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ (आज)सम्म बोलपत्र पेश गर्न सकिने छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम मुल्य ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ ।

प्रतिकित्ता न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सक्ने कम्पनीले व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot