Logo

आजदेखि ५ कम्पनीको संस्थापक शेयर बिक्रि खुल्ला



काठमाडौं, १५ असार । आजदेखि पाँच वटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको हो ।

बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त वित्तीय, नागरिक लगानी कोष र नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रि खुल्ला भएको हो ।

आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४४१ रुपैयाँ मुल्य तोकेर ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता मुल्य ५३१ रुपैयाँ तोकेर ५८ हजार ५६८ कित्ता, महुली लघुवित्तको प्रतिकित्ता मुल्य ७३० रुपैयाँ तोकेर ५५ हजार ७० कित्ता, नागरिक लगानी कोषको प्रतिकित्ता १२ सय रुपैयाँ तोकेर ३ लाख ५० हजार ३६९ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँ मूल्य तोकेर २५ हजार ९९६ कित्ता संस्थापक शेयरमा लिलामीमा ल्याएको हो ।

उक्त लिलामी शेयरमा असार २१ गतेसम्म बोलकबोल पेश गर्दा प्रत्येक कम्पनीको तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot