काठमाडौं, १५ असार । सार्वजनिक निष्काशन गर्नको लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटलसँग सम्झौता गरेको हो ।
सम्झौता पत्रमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक मतीजया लोहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।