काठमाडौं, १५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले घामबाट कुद्दै रुखमुनी गएर बसने सांसदले दाबी गर्दैमा घान नै रुखमुनि गएको नहुने टिपपणी गरेका छन् । उनले विपक्षी गठबन्धनका केही वकिललाई नाथुराम गोड्सेका समर्थकको संज्ञासमेत दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्-“केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थक विरुद्द महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस-लौ त !कस्ले कसरी निर्दल ल्याउदो रहेछ?स्वतन्त्र सांसद वा कुनै दलको कुनै सांसदलाई दलहरुले नै समर्थन गरेमा वाहेक घामबाट थाकेर कुददै रुखमुनी गएर बस्ने सांसदले दावी गर्दैमा घाम नै रुखमुनी गएको हुदैन।”