Logo

ब्राउन सुगरसहित पक्राउ



काठमाडौं, १५ असार । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । ९ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका ५ वालुवाथान बस्ने २६ वर्षीय बिवेक लिम्बु, सोही ठाउँ बस्ने २२ वर्षीय शौरभ राई, ईलाम चुलाचुली गाउँपालिका ४ घर भई दमक नगरपालिका ५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot