Logo

नेप्सेको अध्यक्षमा मैनाली नियुक्त



काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षमा नियुक्त भएका हुन् ।

मैनालीले सोमबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । मैनालीसँग राजश्व अनुसन्धान विभागको महानिर्देशकको समेत अनुभव रहेको छ ।

कृष्णबहादुर महराले नियुक्ति गरेका लक्ष्मण न्यौपानेको कार्यकाल जेठमा सकिएसँगै नेप्सेको अध्यक्षमा मैनाली नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot