Logo

एमाले बैठकमा माधव नेपालसहित ११ जनालाई निम्तो दिइएन



काठमाडौं, १५ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल खेमाका नेताहरुले पनि निम्तो पाएका छन् । बुधबार विहान ११ बजेका लागि तय भएको बैठकमा उनीहरुले पनि निम्तो पाएका हुन् ।

बैठकमा एमालेबाट निष्काशित माधव नेपालसहित ११ जनालाई भने निम्तो गरिएको छैन । निम्तो नगरिएकामा भीम रावल, रामकुमारी झाँक्रीलगायत छन् । उनीहरु सबैजना विघटित प्रतिनिधि सभाका सांसद हुन् । १० जेठमा उनीहरु निष्काशित गरिएका थिए ।

माधव नेपाल खेमाका नेताहरुलाई बोलाइएपनि अधिकांश नजाने बुझिएको छ । उनीहरुले महाधिवेशन आयोजक कमिटीको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot