Logo

‘प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’



काठमाडौं, असार १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धेकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि देशव्यापी रूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याए ।

सभामुख सापकोटाले मंगलबार संघीय संसद् भवनमा राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै संसद् लोकतन्त्रको आत्म भएकाले यसलाई असमयमा नै विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । संविधान माथि एकपछि अर्को बलमिच्याइँ भएको बताउँदै सभामुख सापकोटाले संविधान र संसद्को रक्षाका लागि आफू अन्तिम समयसम्म पनि लडिरहने प्रतिबद्धता जनाए । उनले संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपरहणमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

सभामुख सापकोटाले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष र तटस्थ हुने भए पनि लोकतन्त्र र संविधानको रक्षाका खातिर आफू लडिरहने हँुदा कतिपयलाई आफ्नो भूमिका मन नपर्न सक्ने बताए । प्रतिनिधि सभाको पटकपटक अवमूल्यन गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने स्पष्ट पार्दै सभामुख सापकोटाले भने, ‘संसद् लोकतन्त्रको आत्मा हो, संसद् र संविधानको रक्षा गर्न नसक्नेहरूले लोकतन्त्रको पनि रक्षा गर्न सक्दैनन् ।’

सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग सहकार्य सहअस्तित्व र समन्वयमा रहेर काम गर्न खोज्दाखोज्दै पनि प्रधानमन्त्री आफंैले त्यस्तो वातावरणको अन्त गरेको स्पष्ट पारे । सभामु्ख सापकोटाले पहिलोपटक प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पूर्ण फैसला नआउँदै पुनः दोस्रोपटक प्रतिनिधि सभा विघठन गर्नु अदालतको अवहेलना र कानुनको ठाडो उल्लंघन भएको दाबी गरे ।

उनले २ सय ७५ जना सांसदको एकमुष्ठ अधिकार आफूसँग कायम रहेकाले आवश्यकताअनुसार जुनसुकै समयमा पनि अवशिष्ट र असाधारण अधिकार प्रयोग गर्दै संविधान र कानुनको जगेर्ना गर्न आफू पछि नपर्ने बताए । उनले प्रतिनिधि सभाले वैकल्पिक सरकार दिन सक्ने अवस्था हँुदाहँुदै विघठन गर्नै नमिल्ने दाबी गरे ।

सभामुख सापकोटाले अहिले मुलुक र जनताले कोभिड–१९ कारण विभिन्न समस्या भोग्न बाध्य भएको बताउँदै जनताका समस्याबारे छलफल गरी निकास खोजिने प्रतिनिधि सभा नहुँदा जनताका विभिन्न खाले समस्या मुखरित हुन नपाएको बताए ।

सापकोटाले देश अध्यादेशमार्फत चलाउने षड्यन्त्र बढ्दै जाँदा मुलुकमा गम्भीर दुर्घटनाको अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । सभामुख सापकोटाले अहिले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा व्यापक परिवर्तन आएको स्पष्ट पार्दै त्यस प्रकारको शक्ति सन्तुलनको कुशलतापूर्वक व्यवस्थापन गर्न नसकिए मुलुकले अकल्पनीय अवस्था भोग्नुपर्ने जिकिर गरे । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot