Logo

चट्याङले तीन जनाको मृत्यु, चार घाइते



पर्सा, असार १६ । पर्सामा मंगलबार बिहानै चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बिहानै भैंसी चराउन गएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादवको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि भैंसी चराउन गएका बेला चट्यााङ लागेर घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै भैंसी चराउन गएका राजबली गदी चट्याङ लागेर गम्भीर घाइते भएका छन् । घाइते राजबलीलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ।

यस्तै खेतमा धान रोप्न गएका बेला चट्याङ लागेर पर्साकै जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थरूनीको पनि मृत्यु भएको छ । गाँउकै रामसोगारत महतोको खेतमा मंगलबार बिहान धान रोप्न गएका बेला चट्याङ लागेर थरूनीको घटनास्थलमै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्