Logo

११ महिनामा ३९.२६ प्रतिशत खर्च



कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ३९।२६ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ ३७।५३ र चालुतर्फ ४१।१५ प्रतिशत खर्च भएको छ।

पुँजीगततर्फ ६ अर्ब ७१ करोड ७१ लाख खर्च भएको प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले बताए। चालुतर्फ ६ अर्ब ७३ करोड ८० लाख रूपैयाँ खर्च भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सबैभन्दा बढी करिब साढे ११ अर्ब बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ अर्ब २६ करोड ४१ लाख ९४३।४ प्रतिशत बजेट० खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको ३ करोड ९९ लाख ९२।५ प्रतिशत० मात्र बजेट खर्च भएको छ।

समाजिक विकास मन्त्रालयको ३ अर्ब २० करोड ५७ लाख ९४५।०७ प्रतिशत०, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ अर्ब ७१ करोड ९५७।८० प्रतिशत० बजेट खर्च भएको छ। यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १ अर्ब १६ करोड ९३४।६६ प्रतिशत०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ अर्ब १३ करोड ७ लाख ९४०।८१ प्रतिशत० र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको १३ करोड ५ लाख ९१८।८२ प्रतिशत० बजेट खर्च भएको जोशीले बताए।

जेठ मसान्तसम्म ३९ प्रतिशत मात्र बजेट खर्च गरेको प्रदेश सरकारले विगतमा जस्तै यस वर्ष पनि असार एक महिनामा सके जति बढी बजेट सिध्याउन ध्यान केन्द्रित गरेको छ। असारमा हतारहतारमा काम गरेर बजेट सिध्याउँदा गुणस्तर कम र विकास भन्दा पनि अनियमितता हुने र बजेटको दुरूपयोग हुने भनेर आलोचना हुँदै आएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्