Logo

एनसीसी बैंकको लिलामी शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन



काठमाडौं, २ असार । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले असार २ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन हो । बैंकले शेयरको न्युनतम मुल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेर ९ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला गरेको हो ।

लिलामी शेयरमा बोलकबोल गर्दा तोकिएको रकम वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि सम्पुर्ण कित्तासम्मको माग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको अनुसार बोलपत्र असार १७ गते (भोली) एनआईविएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot