बाँके, १६ असार । चरीबाघको छाला सहित २ जना पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका १ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दैलेख, भैरबी गाउँपालिका ३ बस्ने १९ वर्षीय जितेन्द्र शाही र दाङ, घोराही उपमहानगरपालिका ९ बस्ने ३१ वर्षीय सन्तोष कुंवर रहेका छन ।
बाघको छाला ल्याइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरू सवार रा.४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।