काठमाडौं, १६ असार । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । मंगलबार ४७ अंकले घटेको नेप्से आज ४.१३ अंकले घटेर २९ सय २३ दशमलव ८८ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५ सय २२ दशमलव ३७ विन्दुमा थामिएको छ ।
नेप्सेको अनुसार आज २२० वटा कम्पनीको कारोबार हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको प्रतिकित्ता शेयरमुल्य ३८ रुपैयाँले बढेर ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।