Logo

माधव नेपाल एमाले बैठकमा नजाने



काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु पार्टी बैठकमा नजाने भएका छन् । उनले आन्तरिक परामर्श गरी बैठकमा नजाने निर्णय लिएका हुन् ।

नेपालनिकट नेता विरोध खतिवडाले बैठक नै अवैध भनेका छन् । उनले भने,‘अवैध कमिटीले बोलाएको बैठकमा हामी जाँदैनौं ।’

यसअघि आजै माधव नेपालले आफू मूल्य मान्यताको राजनीतिबाट पछि नहट्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने संकेत गरेका थिए । उनले आफू धेरै अघि बढिसकेको समेत बताएका थिए ।

आज एमालेको महाधिवेशन आयोजक कमिटी खारेज गरी ८ स्थायी कमिटी सदस्य मनोनित गर्ने निर्णय ओलीले लिएका थिए । मनोनितहरुमा पूर्वमाओवादीका ४ जना छन् । त्यसप्रति नेपाल पक्षले आपत्ती जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot