काठमाडौं, १६ असार । नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सहभागिता नजनाउने भएका छन् । उनले बैठकमा नजाने निर्णय लिएपछि उपाध्यक्ष बामदेव गौतम मनाउन लागिपरेका छन् ।
गौतमले नेपालसँग सम्पर्क गरेर यसबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी बैठकमा जानुपर्छ भनेका छन् ।
दिउँसो देखि नै गौतमले नेपालसँग सम्पर्क गर्न खोज्दा सफल भएनन् । उनले साँझ सम्पर्क गरी कुराकानी गरेको बुझिएको छ ।
माधव नेपालले भने आजको बैठकलाई अवैध भन्दै यसले गरेको निर्णय नमान्ने निकटस्थसँग बताइसकेका छन् । उनले आफू पक्षीय बैठक भोलि डाकेका छन् ।
तटस्थ बस्दै आएका गौतम भने पार्टी बैठकमा सहभागी हुने भएका छन् । उनले निकटस्थसँग छलफल गरी बैठकमा सहभागी हुने बताएका थिए ।