Logo

अर्ग्यानिक उत्पादनमा किसानको आकर्षण



भोजपुर, असार १७ । भोजपुरका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अग्र्यानिक तरकारी खेती गर्न थालेका हुन् ।

विषादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वस्थ्यकर्मीले सुझाएपछि यहाँका किसान अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारले अग्र्यानिक खेतीको थालनी गरेका छन् । स्याउला तथा गाईगोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको स्थानीय कृषक शान्तिकुमार कार्कीले बताए । यसरी लगाएको तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन किसान गाईगोरु तथा पशुको मूत्रलाई विषादीको रूपमा प्रयोग गरिन्छ ।

मानवीय स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले किसानहरू आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका छन् । उत्पादन बढाउन प्ररांगारिक मलको प्रयोग बढ्दै गएको उनीहरूको भनाइ छ । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्रांगारिक खेती प्रवर्द्धन अभियान कार्यक्रम अन्तर्गत तरकारी खेतीको थालनी गरिएको बताइएको छ । घरगोठमा निर्माण भएको मलको प्रयोग गरी तरकारी खेती गर्नेको संख्या पनि क्रमशः बढ्न थालेको कृषि ज्ञान केन्द्र भोजपुरले बताएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot