Logo

एमालेको १०औं महाधिवेशन आयोजक कमिटी खारेज



काठमाडौं, असार १७ । नेकपा एमालेले १०औं महाधिवेशन आयोजक कमिटी खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले गत जेठ २७ मा महाधिवेशन कमिटीलाई वैधता नदिने गरी फैसला गरेपछि एमालेले फेरि केन्द्रीय कमिटीलाई व्युँताएको छ । यससँगै वैशाख १२ गते र जेठ १० गते पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूलाई गरेको कारबाही निष्प्रभावी भएको छ । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरित गर्ने फैसलासँगै त्यो यसअघि नेताहरूमाथि गरिएको कारबाही पनि निष्प्रभावी भएको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले स्थायी समितिमा पूर्व माओवादीसहित आठ जना नेतालाई थप्ने निर्णय गरेको छ । पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापाका साथै रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र वेदुराम भुसाललाई मनोनित गर्ने निर्णय गरेको छ । नेपाल समूहमा रहेका वेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी समिति सदस्यमा मनोनित गरेको छ । राष्ट्रियसभा सदस्यसमेत रहेका भुसालले केही दिनअघि मात्र पार्टीमा नरहेको भन्दै राजीनामा दिएका थिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot