एजेन्सी, १७ असार । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा असर पार्न खोज्ने कुनैपनि विदेशी शक्तिले टाउकोमा प्रहार खेप्नुपर्ने चेतावनी दिएका छन् । उनले चीनमा असर पार्न खोज्नेहरुलाई परास्त गरिने बताए ।
आज चिनियाँ कम्युनिस्ट पार्टीको १००औं स्थापना दिवसलाई सम्बोधन गर्दै सीले ताइवानको स्वतन्त्रताको प्रयास गर्ने कुनैपनि कदमलाई परास्त गरिने बताए । ग्लोबल टाइम्सले सीको भनाई उदृत गर्दै लेखेको छ,‘हामीले ताइवानको स्वतन्त्रताको कुनैपनि प्रयासलाई परास्त गर्न दृढ कदम चाल्नुपर्छ ।’
सीले चीनको चिनियाँ जनता राष्ट्रिय सार्वभौमिकता र भौगोलिक एकीकरणलाई जोगाउन सक्षम भएको भन्दै कम नआँक्न चेतावनी दिए । चिनियाँ जनताले आफूहरुलाई सताउने र अधिनमा पार्न खोज्ने बाह्य शक्तिलाई नछाड्ने बताए ।
चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई एकतावद्ध राखेको समेत सीको भनाई थियो ।-तस्बिर स्रोतः सिन्ह्वा