Logo

सगरमाथा इन्स्योरेन्सको शेयरमुल्य समायोजन



काठमाडौं, १७ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमुल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको बुधबार भएको अन्तिम कारोबार मुल्य १५ सय ५४ रुपैयाँको आधारमा नयाँ मुल्य १४ सय रुपैयाँ तोकेको हो । आजदेखि नयाँ मुल्यको आधारमा कम्पनीको शेयर कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्