Logo

टहरोमा चरेश लुकाउँदा एकजना पक्राउ



वाग्लुङ, १७ असार । लागुऔषध चरेश सहित एकजना पक्राउ परेका छन् । निसीखोला गाउँपालिका ६ भिवाङ बस्ने ५६ वर्षीय कुम बहादुर बुढालाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

कुम बहादुरको घरसँगै जोडिएको टहरोमा चरेश लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वाग्लुङ र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कुम बहादुरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्