काठमाडौं, १७ असार । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने भएको छ । बैंकको अनुसार नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकालाई वित्तीय पहुँच प्रदान गर्दै मुलुकका दुर्गम स्थानमा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यअनुसार यस्तो कार्यक्रम घोषणा गरेको हो ।
संयुक्त राष्ट संघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघु उद्यम सिर्जना गर्ने सुविधा प्रदान गर्ने सोच बैंकले लिएको छ ।
सुदृढ नेपालका लागि दिगोपन, स्थायित्वको अवधारणालाई रणनीतिगत लक्ष्य बनाएको बैंकले बताएको छ । बैंकले वित्तीय पहुँच न्यून भएकाका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यवसायिकीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुई उत्पादन ल्याएको छ ।
यी उत्पादन देशव्यापी रूपमा सबै शाखामा ल्याइए बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने बैंकले जनाएको छ ।