Logo

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ?



काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहिबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेको भन्दै कतिपयले यसलाई अर्थपूर्ण रुपमा दिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्