Logo

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको असार २६ गतेदेखि एकिकृत कारोबार



काठमाडौं, १८ असार । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरी एकिकृत कारोबार गर्ने भएको छ । दुई कम्पनीको एकिकृत कारोबार असार २६ गतेदेखि सुरु हुने भएको हो ।

प्राप्ति गर्ने प्रस्ताव पारित गर्न दुई कम्पनीले एकैदिन विशेष साधारणसभा बोलाएका थिए । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गरेको हो ।

बैंक र फाइनान्सका दुबै पक्ष विचमा मर्जरको सहमतिपत्रमा संझौता यस अघि नै भैसकेको छ । दुई कम्पनीको विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गर्ने वित्तीकै एकिकृत कारोबारको प्रकृयाँ अगाडी बढेको हो । प्राप्ति पछि सिटिजन्स बैंकको चुक्तापुँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्