Logo

उपाध्यक्ष सम्बोधन गरेपछि बामदेव दंग, माधव नेपाललाई टेलिफोन



काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरुलाई पत्र लेखेर इमेल गरियो । उनीहरुको नवौं महाधिवेशनमा निर्वाचित पद उल्लेख गरी पत्र पठाइयो ।

बामदेव गौतमलाई उपाध्यक्ष सम्बोधन गरी पत्र लेखियो । उक्त पत्र पाएपछि उनी दंग परे । वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बैठकमा जान मनाउन टेलिफोन गरे । तर, बिहिबार नै नेपालले आफू पक्षीय स्थायी कमिटी सदस्य डाकेर बैठकमा सहभागी नहुने निर्णय लिइसकेका थिए ।

आजको बैठकमा गौतमले आक्रामक रुपमा आफूलाई प्रस्तुत गर्ने बुझिएको छ । उनले एमाले एकताका लागि जोडदार प्रस्तुती दिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्