Logo

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्नसक्ने



काठमाडौं, १८ असार । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्नसक्ने सम्भावना बढेको छ । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएर गुट परिवर्तन गरेपछि सरकार ढल्ने सम्भावना बढेको हो ।

रायमाझीले आजै मन्त्री पदबाट राजीनामा दिएको पत्र मुख्यमन्त्री पोखरेललाई बुझाएकी छिन् । जसपाका रायमाझीसहित ४ जनाले मुख्यमन्त्री पोखरेललाई साथ दिदै आएका थिए । यसकारण सरकारविरुद्ध बहुमत पुर्याउन विपक्षीलाई कठिनाई परेको थियो ।

यसअघि ४० प्रदेश सभा सांसदले हस्ताक्षरसहित माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसम्म हस्ताक्षरसहितको पत्र पुगेको छ । तर, जसपाका ४ सांसदले पोखरेललाई साथ दिएपछि उनलाई हटाउन सफल भएका थिएनन् ।

लुम्बिनी प्रदेशमा सभामुखसहित ८३ सांसदमध्ये नेकपा एमालेका ३८, नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सांसद छन् । मुख्यमन्त्री पोखरेल ४ जना जसपा सांसदको साथले बहुमतमा थिए । राज्यमन्त्री रायमाझीले राजीनामा दिएर कित्ता परिवर्तन गरेपछि अब उनी अल्पमतमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot