ललितपुर, १८ असार । सवारी चालक अनुमतिपत्र किर्ते गर्ने एकजना पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको बताएको छ ।
उनीमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।