Logo

होटलमा तास खेल्ने पक्राउ



दाङ, १८ असार । तास खेलिरहेको अवस्थामा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका ६ स्थित मोडन होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ लमही बस्ने २५ वर्षीय देव प्रसाद चौधरी लगायत ३ जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ४४ हजार ७ सय ४५ रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्