Logo

उहाँ (माधव नेपाल) हरु जाल थापिरहनुभएको छः डा. राजन भट्टराई



काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले भनेबमोजिम गरेको बताएका छन् । तैपनि, एकताका लागि गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । डा. भट्टराईसँग यीनै सेरोफेरोमा ऋषि धमलाले रेडियो नेपाली नेटवर्कका लागि गरेको कुराकानीको मुख्य अंशः

केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समुह उपस्थित नहुने भएको छ । तपाईँहरु के गर्नुहुन्छ ?
बैठक त रोकिदैन निरन्तरता दिन्छौं । उहाँहरुले उठाउनु भएको प्रश्नहरुर्ला सम्वोधन गर्ने हिसावले उहाँहरुलाई चिठ्ठी काटेर बोलाएर अगाडि जाने तयारी गरिएको थियो । अचानक उहाँहरु किन आफ्नो भनाईबाट पछि हट्नुभयो त्यो उहाँहरुले नै बुझने कुरा हो । उहाँहरु पछि हट्नुभयो भनेर आयाजना गरिएको बैठकबाट पछि हट्ने कुरा पनि भएन ।
एकताका लागि बैठक रोक्नु पर्यो भनेर माधव कुमार नेपालको प्रस्तावना आईसक्यो ? तपाईँहरु पार्टीको एकता नचाहने विघटनको कुरा मात्र गर्ने ?
उहाँहरु एक पछि अर्को अर्को जाल थापिरहनु भएको छ । आफ्नो पार्टीको अध्यक्ष, आफ्नो पार्टीको प्रधानमन्त्रीलाई कसरी विस्थापित गर्ने भनेर विपक्षहरुसँग मिलिरहनु भएको छ । उहाँहरुले जे प्रतिवद्धता जोहरे गर्नुभएको छ पार्टीले त्यो प्रतिवद्धता जाहेर गर्न सक्दैन । आफ्नो पार्टीको प्रभाव र आफ्नो पार्टीले प्राप्त गरेको जनताको अपार सर्मथन र सहयोगलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ । उहाँहरुका व्यक्तिगत इच्छा व्यक्तिगत आकांक्षा, व्यक्तिगत स्वार्थ र आफ्ना व्यक्तिगत कुन्ठाहरु प्राप्तिका लागि विपक्षीसंग आफ्ना विरोधीहरुसंग साँठगाँठ गरिरहनु भएको छ । पार्टीका विरुद्धमा नेतृत्वका विरुद्धमा र पार्टीले बनाई रहेको सरकारका विरुद्धमा उहाँहरु त्यो बाटोमा हिड्नुभयो भनेर सिङगो पार्टी त्यो बाटोमा हिड्दैन । यो कुरा कसरी भन्न र जान्न सकिन्छ र ।
बैठक रोकेर कार्यदल बनाएर शीर्ष नेताहरुको बीचमा छलफल गरेर मात्रै जाने माधवकुमार समुहको भनाई छ नि ?
त्यो प्रयास धेरै भयो । उहाँहरुले हिजो पनि त्यही कुरा भन्नुभएको थियो । उहाँहरुले जेठ दुईमा फर्केर पछि सबै चिज सम्पन्न हुन्छ आकार प्रकारहरु जेठ ३ गते विहान जुन केन्द्रीय कमिटीको बैठक भएको थियो । त्यो बैठकले गरेका निर्णयबाट अगाडि बढौँ भनेको त्यो अनुरोध पार्टीले स्वीकार गर्यो । र पार्टी त्यतै तिर फकिर्यो । त्यसो भने तपाँईका सबै भनेका कुराहहरु पुरा भए तपाईँहरु आउनुहोस् यता फर्कनुहोस् । उहाँहरु एक पछि अर्को न्युज छापिरहनु भएको छ । एकपछि अर्को भनेको हलो हड्काएर गोरु चुट्ने भने झै । हलो अड्काउने काम गरिरहनु भएको छ ।
उहाँहरु त्यसरी हलो अड्काउने पार्टीहरुका गतिविधिहरु माथि माथि देखी तलसम्मको पार्टी पङक्तिलाई एउटा सशक्त हिसाबले अगाडि बढाउनु पर्ने बेलामा उहाँहरु त्यसमा अलमल्याएर एक किसिमले पार्टीको गतिविधिहरुविरुद्ध गरिरहनु भएको छ । यो कुनै पनि हालतले छुट हुनसक्दैन । उहाँहरुले भन्नुभएका जोयज र उचित कुराहरु अधिकतम लचकताका साथ उहाँहरु विपक्षीसँग गएर तालमेल गर्ने, अदालतमा गएर मुद्दा हाल्ने त्यसपछि फेरि यही पार्टीमा छु भन्ने यही पार्टीमा भएर पनि ठिक छ । हिजो हामीहरु जुन पदमा थियौ त्यही पद हामीलाई हुनुपर्यो भन्ने उहाँहरुको दाबी रह्यो । हुन्छ हामीले त्यही हुन्छ भन्यौँ । तपाईँहरुको त्यही कायम भयो भनेर भनिदिदा पनि उहाँहरु फेरि अर्को अत्तो थाप्दै राष्ट्र विरोधी गतिविधिहरुलाई पार्टीका विरोधिहरुलाई सहयोग पुग्ने काम गरिरहनु भएको छ । मलाईँ लाग्छ यो कुनै पनि हिसाबले उचित छैन । पार्टीमा आउनका लागि उहाँहरुलाई ढोका खुल्ला छ । उहाँहरु आउन सक्नु हुन्छ । उहाँहरुकै पार्टी हो । उहाँहरुको पद यथावत् छ उहाँहरुको जिम्मेवारी यथावत् छ । नेतृत्वमा उहाँहरु यथावत् अवस्थामा हुनुहुन्छ ।
हिजो गरिएका सबै कारबाही फुकुवा गरिएका छन । तर, पार्टीले आफ्ना गतिविधि र आफ्ना कुराहरु रोक्न हुदैन किन भने निकट भविष्यमा अब हामीहरु निर्वाचनमा गहिरहेका छौँ । त्यसमा सम्मानित अदालतले प्रधानमन्त्रीले गरेको विघटनलाई अनुमोदन गरिदिएको अवस्थामा हामी मंसिरमा निर्वाचनमा जानुपर्ने हुन्छ । कथम् कदाचित संसद पुनस्थापना भयो भने पनि आउने फागुनमा त हामी करिव ३४–३५ हजार स्थानीय तहका जनप्रतिनिधि निर्वाचनमा जानुपर्ने हुन्छ । त्यो कहीँ कुनै हिसाबले कसैले रोक्न सक्ने छैन । त्यो संविधानको व्यवस्था हो संविधानको व्यवस्था भएको हुनाले फागुन मसान्त भित्र देशभरिका स्थानीय तहको निर्वाचन सम्पन्न गरेर त्यसलाई पद बहाली गरिसक्र्नु पर्ने हुन्छ । यो संविधानमा उल्लेख भएको व्यवस्था हो । त्यसो हुँदा त्यो खालको अवस्थालाई ध्यानमा राखेरे हामीहरु अगाडि बढ्नुपर्ने छ । उहाँहरुले पार्टी गतिविधिहरुलाई निष्किय बनाउने, माथि बार्ता भईरहेको छ भनेर तलका कामहरु प्यारालाईसेस भईरहेको छ । पार्टी कार्यकर्ता पार्टी पङक्ति जानु पर्ने जनहितका पक्षमा विभिन्न कामहरु गर्नुपर्ने । निर्वाचित साथीहरुलाई यो अन्तिम बजेटलाई प्रभावकारी रुपमा लागु गराएर जानु पर्ने । विभिन्न जिम्मेवारीहरु हाम्रो काँधमा रहेका छन । ती जिम्मेवारीहरुलाई यता वार्ताका नाममा उता वार्ताका नाममा उता अल्मल्याउने उता अल्मल्याउने यस्तो गरिरहने छुट हामी कसैलाई पनि छैन ।
हिजो प्रधानमन्त्री र माधवकुमार नेपालको बीचमा टेलिफोन वार्ता त भयो, होईन ?
वार्ता भईरहेको छ । संवाद भईरहेको छ । उहाँहरुले राख्नुभएका प्रश्न हामीले एक पछि अर्को प्रधानमन्त्रीका तर्फबाट पार्टीका तर्फबाट लचकता अपनाइएको छ । तर पनि बाधा हामी आउदैनौँ हामी उसो गर्दै नौँ भनेर भन्नुहुन्छ र विपक्षीहरु सित गएर पार्टीका विरुद्धमा तथानाम बोलिरहनु भएको छ । तथानाम निर्णयहरु गर्नमा सहयोग जनाइरहनु भएको छ । अदालतमा गएर मुद्दा हालीरहनु भएको छ । उहाँहरुले गरेका क्रियाकलापहरु र पार्टीले गरेका निर्णयहरुको बीचमा तालमेल नै मिलिरहेको छैन । त्यो त आफैलाई लाग्र्नुपर्ने हो अब । सामान्यतया मर्यादाका हिसाबले एउटा पार्टीमा रहने नैतिकताका हिसाबले आफू एउटा पार्टीमा रहने तर गतिविधिकहरु अरुलाई फाईदा हुने खालका गर्ने । विपक्षी पार्टीलाई सहयोग पुग्र्ने गतिविधि गर्दाखेरी त्यसले के खालको उदाहरण हामीले स्थापित गरिरहेको छौँ । यो कुरा उहाँहरु आफैले महसुस गर्नु पर्ने हो ।



प्रतिक्रिया दिनुहोस्