Logo

खोप ल्याउन निगमको जहाज चीन जाने



काठमाडौं, असार १९ । नेपाल वायुसेवा निगमको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन विमान चीन जान लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निगमलाई निर्देशन निर्देशन दिईसकेको छ ।

हालको तयारी अनुसार विमान ८ तारिकमा बेइजिङ उड्ने छ । यो पटक १० लाख डोज भेरोसेल खोप ल्याउने सरकारको तयारी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot