काठमाडौं, १९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच फोनवार्ता भएको छ । दुई नेताबीच आज १२ मिनेटजति कुराकानी भएको प्रधानमन्त्री तथा अध्यक्ष ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले जानकारी दिए । कुराकानीको क्रममा अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन आग्ह गरेका छन् ।
तर, नेता नेपालले भने भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ दिएको बुझिएको छ । उनले हस्ताक्षर फिर्ता लिनको लागि पहिले ओलीले संसद् विघटन गर्नु गल्ती भएको भनेर भन्नुपर्ने धारणा राखेका थिए । ओली र नेपालबीच यसअघि बिहीबार राति टेलिफोनमा सम्वाद भएको थियो । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गरेका २३ जना एमाले सांसदलाई सोमबारसम्मको समयसिमा दिएर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । file photo