Logo

बकैया र बागमती नदीमा आएको बाढीले रौतहटमा सयौं परिवार विस्थापित



काठमाडौं, असार २० । रौतहको विभिन्न नदी एवं खेलामा आएको बाढीको कारण यहाको जनजिवन अस्तव्यस्त बनेको छ। निरन्तर चार दिन देखि परिरहेको अविरल वर्षाको कारण वागमती, लाल बकैया लगायतका विभिन्न नदीमा आएको बाढीले जिल्लाको मध्य एवं दक्षिणी भेग जलप्रलयबाट डुवान भई जनजिवन अस्त व्यस्त बनेको हो।

अविरल वर्षाको कारण वागमती र लाल बकैया नदी सँगै जिल्लाको झाँझ, भकुवा, अरुवा, चाँदी, लगायतका विभिन्न खोलामा आएको बाढीको कारण सदरमुकाम गौर सहित दर्जन बढी गाउँ डुबानमा परेका छन्।

बकैया नदीमा आएको बाढीको कारण गौर चन्द्रनिगाहपुर सँगै जोडिएको सपगढा लचकामा पानीको बहाव तीव्र भएपछि शनिबार दिउँसोदेखी आवत जावत अवरुद्ध भएको छ। बाटो अवरुद्ध भएपछि गौर नगरपालिकाले प्रहरीको सहयोगमा नगरपालकाको निशुल्क रुपमा टयाक्टरमा मानिहरुलाई लोड गरेर लचका पार गराएर गन्तव्य स्थानतर्फ पुर्‍याउने गरेको पाइएको छ।

यस्तै बकैया नदीमा आएको बाढीको पानीले भारतीय बाधको कारण निकास नपाउदा इशनाथ नगरपालिकाको बन्जरहा गाउँ डुवानमा परेको छ। उक्त गाउँमा सरदर ३ देखि ४ फिट सम्म पानी जम्दा होचो स्थानमा घर भएका ५० घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। दक्षिण तिर भारतीय बाँध र पूर्व तिर बकैया बाँधको कारण बर्षा एवं बाढीको पानी निकास हुन नसक्दा बर्षेणी बन्जरहा गाउँ डुवानमा पर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

बाढीको पानी बस्तिमा प्रवेश गर्न थालेपछि करिब ५० घर परिवार आफै आफन्तको घरमा विस्थापित भएको वडा अध्यक्ष विगु साहले बताए। बकैया नदीमा आएको बाढीले बन्जरहा, वैरिया, फतुवा, लगायतको आधा दर्जन गाउँको सड्क सम्पर्क टुटेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्