Logo

नेशनल हाइड्रोपावरको २४ औं साधारण सभा असार ३१ गते



काठमाडौं, २० असार । नेशनल हाइड्रोपावर कम्पनीको स्थगित भएको साधारण सभा असार ३१ गते हुने भएको छ । चैत्र २७ गते हुने भनिएको कम्पनीको २४ औं सभा असार ३१ गते हुने भएको हो । असार १७ गते बसेको संचालक समितिको बैठक निर्णय अनुसार कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा हुने भएको जनाएको छ ।

सभाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रनिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गर्ने प्रस्तावमा छलफल गरेर पारित गर्ने भएको छ ।

कम्पनीको सभाले अन्य कम्पनी तथा वित्तीय संस्थासँग मर्जर प्राप्ति प्रकृयामा जाने लगायतको आवश्यक कामको अख्तियारी समेत संचालक समितिलाई सभाले दिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्