Logo

लतिलपुरमा एक भारतीय नागरिक मृत फेला



लतिलपुर, २० असार । ललितपुरको सानेपा स्थित गुसिटोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन् ।

भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको थियो । घटना हत्या हुनसक्ने आशंकामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्याका अनुसार घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए ।

उनी सत्यनारायण इलेक्ट्रिकको काम गर्दै आएका थिए । केही समयदेखि एक्लै कोठामा बस्दै आएका थिए । राति साढे ८ बजेसम्म उनको एक जना मानिससँग फोनमा कुराकानी भएको खुलेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot