काठमाडौं, २० असार । आजदेखि ज्योति विकास बैंकले १० वर्षे अवधिको १५ लाख कित्ता ऋणपत्र बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले १ हजार अंकित दरका उक्त ऋणपत्र वार्षिक ९ प्रतिशत ब्याजदरमा बिक्रि खुल्ला गर्ने भएको हो । बैंकले उक्त ऋणपत्रलाई ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामबाट बिक्रि खुल्ला गर्न लागेको हो ।
बैंकले कुल कित्तामध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट गर्ने जनाएको छ । बैंकको अनुसार बाँकी भएको ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानी कोषको लागि र ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्रि गर्ने भएको हो । उक्त ऋणपत्र खरिदको लागि बैकले न्युनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्ममा छिटोमा २३ गते र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
बैंकले ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको अनुसार लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ब्त्ः वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।