Logo

संसद् विघटन मुद्दामा सभामुखको तर्फबाट बहस सुरु



काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सुरु भएको छ । आईतबार सुरु भएको बहसमा अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस जारी छ ।

सभामुखको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको लागि २ घण्टाको समय छुट्याईएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधिशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot