Logo

बढुवा भएका ४ सचिवमध्ये २ मन्त्रालयमा २ प्रदेशमा



काठमाडौं, २० असार। सरकारले बढुवा भएका ४ जना सचिवको पदस्थापना गरेको छ । १७ असारमा मन्त्रिपरिषद् बैठकले बढुवा गरेकामध्ये दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा तथा गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा पदस्थापन भएको हो ।

इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।

यसैगरी, सरकारले थप ६ सहसचिवको सचिवमा बढुवा हुने तयारी गरेको छ । यसका लागि प्रक्रिया बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्