Logo

प्रचण्ड रिफ्रेश हुन रिसोर्टमा, के रणनीति बनाउलान् ?



काठमाडौं, २० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महत्वपूर्ण अवस्थामा रणनीति बनाउनुपर्दा एकान्तवासमा पुग्ने गर्छन् । उनी शहरको कोलाहलबाट टाढा गएर ठन्डा दिमाग बनाएर रणनीति बुन्ने गर्छन् ।

यसपटक उनी काठमाडौंको दक्षिणतर्फको रिसोर्टमा पुगेका छन् । हात्तीवन रिसोर्टमा प्रचण्ड सपरिवार पुगेका छन् । उनीसँग छोरी गंगा दाहाल, ज्वाई, नाति, नातिनीहरु रहेको बुझिएको छ ।

प्रचण्ड आज रिसोर्टमै बस्ने छन् । त्यहाँ उनले नयाँ रणनीति बनाउने बुझिएको छ । भोलि प्रचण्ड रिसोर्टबाट फर्कने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्