Logo

डा. खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौँ, २० असार: राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot