काठमाडौं, २० असार । सरकारले पूर्व निर्धारित सबै किसिमका परीक्षाहरु संचालन गर्न दिने भएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो जानकारी दिएका हुन्।
योसँगै विश्वविद्यालयहरु र कक्षा १२ को परीक्षा पनि संचालन हुने भएको छ । त्रीभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तोक्नेछन् । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गर्दा परीक्षाहरु रोकिएको थियो ।
परीक्षाको मापदण्ड पनि तोकिएको छ । जस अनुसार एउटा कोठामा २५ जना भन्दा बढी मानिसहरु भेला हुन दिइने छैन ।