Logo

भीम रावल बालुवाटारमा, ओलीसँग भेटवार्ता जारी



काठमाडौं, २० असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल बालुवाटार पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रावलको भेटवार्ता चलिरहेको बालुवाटार स्रोतले पुष्टि गरेको छ । रावल पौने ८ बजे बालुवाटार प्रवेश गरेका हुन् । पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला रावल प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यही शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनको लागि भोलि साँझ ५ बजेसम्मको समय दिएको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको छ।

आजमात्रै पनि अध्यक्ष ओली पक्षधर नेताहरुले वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए । उक्त भेटमा हस्ताक्षर फिर्ता लिनको लागि नेताहरुले आग्रह गरेका थिए । र, ओलीसँग वार्ता गर्न सुझाएका थिए । तर, नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् । यही सन्दर्भमा अध्यक्ष ओलीले आज रावलसँग छलफल गरेका हुन् । पछिल्लो समय अध्यक्ष ओलीसँग रावलको सम्बन्ध चिसो छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot