Logo

मागभन्दा साढे ६२ गुणा बढी आवेदन, मनकामना स्मार्टको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं, असार २१। बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीद गर्ने असार २१ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ पौने ६ बजेसम्म १७ लाख २५ हजार ६७८ जनाले २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६२ दशमलव ५२ गुणा बढी आवेदन हो ।

सर्वसाधारणमा विक्री गर्न लागेको कुल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागेको हो । असार २१ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा असार ३१ गतेसम्म आईपीओ विक्री गर्ने मिति तय गरिएको थियो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आज ९सोमवार० बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot