Logo

एमाले एकता टर्यो



काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानबाट टसमस नभएपछि एकता प्रयासमा लागेका नेताहरु निराश भएका छन् ।

ओलीले केन्द्रीय कमिटी बैठकबाट आज साँझ ५ बजेसम्म नेपाली कााग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएकोमा नेपालले ब्याक नहुने जवाफ दिइसकेका छन् । हस्ताक्षर फिर्ता नहुनेभएपछि ओली नेपालविरुद्ध आक्रामक बन्ने तयारीमा छन् ।

ओली र नेपालबीच कुरा मिल्न नसकेपछि दुवैले एक अर्काविरुद्ध कठोर रणनीति तयार गरिसकेका छन् । ओली नेपालसहितका नेताहरुलाई कारबाहीको तयारीमा पुगिसकेका छन् । नेपाल पनि देउवा र प्रचण्डसँग गठबन्धनलाई अझ सशक्त बनाएर लाने रणनीतिमा छन् ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीबाहेक पूर्वमाओवादीलाई समेत समेटेर स्थायी कमिटी थपेकोमा नेपाल पक्षको आपत्ती छ । अर्कोतर्फ, नेपाल कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर बढ्न लागेका छन् ।

ओलीसँग निकटहरु कित्ताकाट गरेर बसिसकेकाछन् । नेपाल पक्षका केही नेताहरु भने ओलीतर्फ जाने सम्भावना रहेको छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य कता जाने हुन् चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot