चितवन, २१ असार । सुजिता भण्डारीको पोस्टमार्टमका लागि प्रहरीले लान लागेको शव स्थानीयले रोकेका छन् । प्रहरीले अस्पताल लान लागेको शवलाई स्थानीयले रोकेका हुन् ।
११ असारबाट वेपत्ता भएकी सुजिताको हत्या गरिएको अवस्थामा शव भेटिएपछि स्थानीय आक्रोशित भएका छन् ।
https://www.facebook.com/rajan.dilgurung/videos/373428221056828
उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् । चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) चढेको गाडीलाई स्थानीयले घेराउ गरेका छन् । यस्तै राप्ती नगरपालिका प्रमुख प्रभा बराललाई पनि स्थानीयले घेरेका छन् । उनीहले जनप्रतिनिधिका हैसियतले न्यायका लागि भूमिका खेल्न आग्रह गरिरहेका छन् ।
फोनमा ‘दिदी मलाई यस्तो गर्यो’ भनेकी सुजिताको हत्या, को हो दोषी ?
सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।
हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिएका हुन् । अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।-नारायणीअनलाइनको सहयोगमा