Logo

नेप्सेसँगै घट्यो कारोबार



काठमाडौं, २१ असार । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार ११ अंकले घट्दा ४ अर्बमा कारोबार सिमित भएको छ । नेप्से आज ११ दशमलव ७८ अंकले घटेर २८ सय २२ दशमलव ७३ विन्दुमा रोकिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४ अंकले घटेर ५२८ दशमलव ४१ विन्दुमा थामिएको छ । नेप्सेको अनुसार २२४ कम्पनीको ५२ हजार ८ सय ४६ पटक कारोबार भएर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्