Logo

आवको अन्त्यमा भुक्तानीमा चाप



काठमाडौं, असार २२ । चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ ।

असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको अधिकारीहरूले बताएका छन् । सरकारी आयव्ययको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ मा मात्रै सरकारले कुल बजेट १ अर्ब ५३ करोड १५ लाख खर्च गरेकोमा दैनिक खर्चको सीमा बढेर असार २० मा मात्रै अर्थात् एकै दिन ९ अर्ब ४८ करोड ६७ लाख सरकारी कोषबाट खर्च भएको देखिन्छ ।

आइतवारसम्ममा कुल बजेट ७० प्रतिशत खर्च भएको छ । चालूतर्फ ८२ दशमलव ९८ भएको छ तर विकास अर्थात् पूँजीगततर्फ छुट्ट्याइएको बजेट भने ५० प्रतिशत पनि खर्च भएको देखिँदैन । अहिलेसम्म पूँजीगततर्फ विनियोजनको ४६ दशमलव ९८ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

सरकारले आर्थिक वर्षको अन्त्यभन्दा केही महीनाअघि नै विनियोजित बजेट खर्च गर्न प्रणालीगत सुधारमा ध्यान दिइरहेको बारम्बार दाबी गर्दै आएको छ तर परिणाममा भने त्यस्तो देखिँदैन । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्