Logo

विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै सुन्दर अटो



Reporters Club Nepal Logo

काठमाडौं, असार २२ । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो ।

कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार एसेम्बल प्लान्टमा सिचुवानको ४७ प्रतिशत, सेकको ४६ प्रतिशत र सुन्दरको ७ प्रतिशत लगानी रहनेछ ।

सुन्दरले २०७६ को मङ्सिरमै एक कार्यक्रमका बीच यी दुईओटा कम्पनीसँग एसेम्बल प्लान्ट स्थापनाका लागि सम्झौता भएको बताएको थियो । त्यसैअनुसार अघिल्लो वर्ष वैशाखदेखि प्लान्ट स्थापनाको तयारी गर्ने बताए पनि निषेधाज्ञाका कारण काम अघि बढ्न नसकेको कम्पनीका अध्यक्ष थापाले बताए ।

एनका अनुसार एसेम्बल प्लान्ट स्थापनाका लागि शुरूमा ३ अर्ब ६० करोड लगानी गरिँदै छ ।
आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot