Logo

बालबालिकाको खानपानमा ध्यान दिन सुझाव



काठमाडौं, असार २२ । मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने बालरोग विशेषज्ञ डा। प्रज्ञा प्रधानले जानकारी दिए । उनले विशेषगरी खाना र फोहोर पानीका कारण धेरै स्वास्थ्य समस्या आउने जानकारी दिँदै कोरोनाको तेस्रो लहरको चिन्ता पनि बढ्न थालेकाले सचेत हुनुपर्ने बताए ।

“कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ”, डा प्रधानले भने ।

मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ । रोगप्रतिरोधी प्रणाली विभिन्न अङ्ग, कोष, तन्तु र प्रोटिनबाट बनेको जटिल सञ्जाल हो । सामान्य भाषामा भन्ने हो भने प्रतिरोधी प्रणालीले शरीरलाई विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य सङ्क्रमणबाट बचाउने काम गर्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्