Logo

खोपबिना व्यवसाय असम्भवः पर्यटन व्यवसायी



पोखरा, असार २२ । नेपर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे। उनीहरूले स्थानीय प्रशासनअगाडि करिब दुई घन्टा प्रदर्शन गरे। उनीहरूले कास्की प्रशासन, गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्र बैंकको पोखरा कार्यालयमा ज्ञापनपत्र बुझाए।

पोखरा पर्यटन परिषद् ९पिटिसी०का अध्यक्ष गोपि भट्टराई कोरोनाविरुद्धको खोप नपाएसम्म नेपालमा पर्यटनको आस गर्न नसकिने बताए। ‘किनभने विदेशी पर्यटक खोप नलगाएको ठाउँमा आउने छैनन् भने आन्तरिक पाहुना पनि घुमघाममा निस्कन हच्किनेछन्,’ उनले भने। ‘विदेशीको त आसै छैन, आन्तरिक पाहुना पनि घुम्न निस्कँदैनन्,’ भट्टराईले भने, ‘अहिलेसम्म व्यवसायी वा कामदार कसैले खोप पाएका छैनन्।’ पछिल्लो समय कोरोनाविरुद्धको खोप नै संक्रमणबाट जोगाउने मुख्य हतियार बनेको छ। पर्यटन क्षेत्रले खोप नपाएसम्म व्यवसाय नखोल्ने पनि उनले बताए।

अब आउने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीको केही हिस्सा पर्यटन क्षेत्रमा अनिवार्य हुनुपर्ने व्यवसायीको माग छ। त्यस्तै, सहुलियत ब्याजमा पर्यटन व्यवसायीले ऋण पाउनुपर्नेमा व्यवसायीले जोड दिए। ‘अब एकल अंकमा ब्याजदर हुनुपर्छ। त्यो अंक बढीमा ५ प्रतिशत हुनुपर्ने हाम्रो माग हो,’ भट्टराईले भने। त्यसबाहेक व्यवसायीले अहिले ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै ऋणको पुनर्तालिकीकरण गरिदिनुपर्ने उनले बताए ।

‘पर्यटन क्षेत्र बचाउने हो भने भने सस्तो ब्याजदर र ऋणको पुनर्तालिकीकरण हुनुपर्छ,’ उनले भने, ‘नत्र हामी टिक्न सक्दैनौं।’ पर्यटन डुब्दा समग्र अर्थतन्त्रमा असर पर्ने उनले बताए । उनले व्यवसायीको अप्ठेरोबारे जानकारी गराउने गरी सरकारलाई नैतिक दबाब दिएको पनि बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्