Logo

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छः प्रधानमन्त्री



काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन्।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे। हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पारे। जलविद्युत् क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि आयोजनाले विशेष योगदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो।

आयोजना सम्पन्न हुनु ज्यादै खुसीको कुरा भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसले समग्र दोलखावासीलाई मात्रै नभई समग्र देशलाई नै बहुआयामिक फाइदा गर्ने विश्वास व्यक्त गरे। आयोजनाको सफल निर्माणमा सहयोग गरेकामा प्रधानमन्त्री ओलीले दोलखावासी जनसमुदायप्रति धन्यवाद ज्ञापन गरे। आयोजनाका लागि सडक, प्रसारण लाइन, सवस्टेशनको निर्माणमा स्थानीय जनताको सहयोग प्रशंनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विकास हामी सबैको साझा आवश्यकता भएको तथा सफलता उपलब्धी पनि समान रहेको बताए।

आन्तरिक खपतका लागि मात्रै नभई निर्यातका लागि समेत आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीको कथन थियो। नेपालीको आफनै लागतमा बनेको हालसम्मकै ठूलो आयोजना सम्पन्न हुनु नै सबैभन्दा ठूलो खुसीको कुरा भएको उहाँले स्पष्ट पारे। मुलुकभित्र व्याप्त रहेको विद्युत्भार कटौतीको अन्त्यका लागि विगतमा बाह््य देशबाट खरिद गर्नुपरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले ठूला आयोजनाको सञ्चालनपछि त्यस्तो परिस्थितीको क्रमशः अन्त्य भएको र ऊर्जाका क्षेत्रमा क्रमशः आत्मनिर्भरताको बाटोमा अग्रसर भएको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot